भिजिट भिसा प्रकरण संसदमा प्रवेश, बैठक स्थगित
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
आजको बैठकको शुरुमै भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरुले विरोध गरेका थिए । प्रतिपक्ष दलको तर्फबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको नियमित प्रक्रिया अघि बढाउन नदिने अडान सुनाए ।
‘यत्रो प्रश्न उठेपछि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरेर छानविनको लागि राम्रो वातावरण बनाइदिनुपर्छ’, उनले भने, ‘यो वातावरण नबन्दासम्म संसदको नियमित प्रक्रिया अगाडि लान सकिदैँन ।’
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्री लेखकलाई पुरानो मन्तव्य स्मरण गराउँदै राजीनामा माग गरे । सांसदहरूले टेबल ठाेकिरहेकाे बेला उनले भने, ‘उहाँ आफैँले प्रतिपक्षमा हुँदा कुनै मन्त्रीमाथि गम्भीर प्रश्न उठ्दा राजीनामा दिनुपर्ने बताउनुभएको थियो, अहिले उहाँ आफैमाथि गम्भीर प्रश्न उठ्यो, उहाँले तत्काल राजीनामा दिनुपर्छ, नत्र यो संसद अघि बढ्दैन’
खनालले गृहमन्त्री लेखक थप केही दिन पदमा बसिरहने हो भने प्रमाणहरु मेटाउन सक्ने भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।
टिप्पणीहरू