वनका हाकिममाथि बहुमतको कालोमोसो

वनका हाकिममाथि बहुमतको कालोमोसो

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठनका कार्यकर्ताले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमोसो दलेका छन् । 

आज ठाकुरको कार्याकक्षमै पुगेर सो पार्टीका कार्यकर्ताले उनको शरीरमा मोसो खन्याएका हुन् । भ्रष्टाचारीसँग मिलेमतो गरेर वनसम्बन्धी योजनामा अनियमितता गरेको आरोप लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालयले घटनाबारे बुझ्न केही बेरअघि प्रहरी टोली वन कार्यालयमा पठाए पनि बहुमतका कार्यकर्ताहरु भागिसकेको बुझिएको छ ।
 

टिप्पणीहरू