रवि लामिछानेको रिट हेर्दाहेर्दैमा

रवि लामिछानेको रिट हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । 

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज मुद्दाको सुनवाइ भएकोमा बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा गएको हो । आज रविका कानुन व्यवसायीले मात्र बहस सकाएको बताइएको छ । 

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रविलाई गैरकानूनी थुनामा राखेको दाबी गर्दै श्रीमती निकिता पौडेल लामिछानेले गत वैशाख ७ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

तर, रिटमा विपक्षी बनाइएको प्रधानमन्त्रीको सचिवालयले म्याद बुझ्न अस्वीकार गरेपछि वैशाख २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर अर्को निवेदन परेको थियो । त्यसपछिको सुनुवाइमा न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले कार्टन देखाऊ आदेश गरेपनि त्यसयता भने लगातार छ पटक हेर्न नमिल्नेमा परेको थियो ।

टिप्पणीहरू