बीमा प्राधिकरण अध्यक्षको नियुक्तिका कागजात पेश गर्न आदेश
सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त शरद ओझाका कागजात मगाएको छ । ओझा कानुनसम्मत अध्यक्षका लागि अयोग्य रहेको, आवश्यक कागजात नक्कली बनाइएको भन्दै दायर रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओझालाई नियुक्त गरिँदाको आधार र कागजात सरकारसँग मागेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको एउटै गाउँ गन्यापधुराका ओझालाई सरकारले गत फागुन १३ गते नियुक्त गरेको थियो । उनीसँग तोकिएको अनुभव नभएकाले नक्कली कागजात बनाइएको रिटमा दाबी छ । त्यस्तै उमेर मापदण्ड संशोधन गरेर उनलाई नियुक्ति गरिएको थियो ।
अधिवक्ता इन्दिरा धमलाले दायर गरेको उक्त रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले चैत २० गते कारण देखाउ आदेशसँगै छलफलका लागि दुबै पक्षलाई बोलाएको थियो । सोही सन्दर्भमा आज उक्त आदेश भएको हो ।
टिप्पणीहरू