सिद्धार्थ, सुप्रिमी र आर्याका तीन औषधि गुणस्तरहीन

सिद्धार्थ, सुप्रिमी र आर्याका तीन औषधि गुणस्तरहीन

औषधि व्यवस्था विभागले तीन वटा औषधिको उत्पादन तथा बेचबिखनमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि विभागले ती औषधिमा रोक लगाइएको जनाएको छ ।

सिद्धार्थ फार्मास्युटिकल्सको ब्याच नम्बर डीपीएससी ३३०१ को डोपन, सुप्रिमी हेल्थकेयरले उत्पादन गरेको ब्याच नम्बर पीएसी २४०५२ को प्यान्डम र आर्या फार्माल्याबले उत्पादन गरेको ब्याच नम्बर पीएफडिसी ०१०४१ को प्यान्टफास्टको खरिदबिक्रीमा रोक लगाइएको छ ।

ती औषधिलाई बजारबाट तत्काल फिर्ता लैजान विभागले निर्देशन दिएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याच नम्बरका औषधिलाई बजारबाट तुरुन्त फिर्ता लैजान सूचना जारी गरिएको हो ।

औषधि फिर्ता लगिएको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिँदै ती औषधिको सिफारिस बेचबिखन तथा प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
 

टिप्पणीहरू