आइजिपीले पस्किए बृध्दहरुलाई भात

आइजिपीले पस्किए बृध्दहरुलाई भात

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाले अनाथ बालबालिका तथा वृद्धवृद्धालाई भात खुवाएका छन् । आज बिहान रानीवनस्थित मानव सेवा आश्रम पुगेर उनले खाना खुवाएका हुन् । 

८० भन्दा बढीलाई भोजन गराएको एक प्रहरी अधिकृतले जानकारी दिए । उनका अनुसार आइजिपी थापालाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले पनि साथ दिएकी थिइन् । 

सो क्रममा आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुले आइजिपी थापासँग खुशी साटेका थिए ।

टिप्पणीहरू