पूर्व राजारानीको ‘ह्याप्पी एनिभर्सरी’ निर्मल निवास बाहिर

पूर्व राजारानीको ‘ह्याप्पी एनिभर्सरी’ निर्मल निवास बाहिर

पूर्व राजा ज्ञानेन्द्र शाह वैशाख १७ गतेदेखि पूर्व रानी कोमल र परिवारका सदस्यहरुसहित भक्तपुरको नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिर्सोटमा बस्दै आउनुभएको छ । शाहले यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग हिजो दुई घण्टा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र शाहसँग लञ्च मिटिङ गर्नुभएको थियो । 

राजावादी नेताहरु अन्य पनि त्यहाँ पुगेको बताइन्छ । प्रायः निर्मल निवासमा भेट दिने पूर्वराजाले नगरकोट बोलाउनुको कारण अर्कै पाइएको छ । उहाँहरु आफ्नो ५६ औं वैवाहिक वर्षगाँठ समारोह (एनिभर्सरी) मनाउन नगरकोट जानुभएको हो ।

शाह परिवारका सदस्यहरु ४२ वटा कोठा भएको उक्त रिसोर्टका ३० कोठामा बसेको होटल स्रोतले बतायो । गत शुक्रबार एनिभर्सरी मनाउने क्रममा केक काटिएको थियो । निकै महँगो उक्त होटलबाट शाह परिवार भोलि साँझ वा पर्सि बिहान फर्किने तयारी रहेको बुझिएको छ ।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र कोमलबीच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । तत्कालीन रथी केन्द्र शमशेर राणाकी माहिली छोरी कोमलकी दिदी ऐश्वर्यको युवराजधिराज वीरेन्द्रसँग २०२६ सालमा विवाह भएको थियो ।

टिप्पणीहरू