आक्रमणपछि बिदामा बसेका भारतीय सैनिकलाई ब्यारेक फर्किन मोदीको निर्देशन

आक्रमणपछि बिदामा बसेका भारतीय सैनिकलाई ब्यारेक फर्किन मोदीको निर्देशन

आतंकवादविरुद्ध भन्दै पाकिस्तानमाथि सैन्य कारबाही गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक डाकेका छन् । झण्डै डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री मोदीले रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित साह र विदेशमन्त्री एस जयशंकरलाई समन्वय गरेर ‘सिन्दुर अपरेसन’को आगामी रणनीति बनाउन निर्देशन दिएको समाचार छ । 

उनले बिदामा बसेका भारतीय सैनिकलाई तत्काल काममा फर्किन निर्देशन दिएको बताइन्छ । विपक्षी दलका नेता राहुल गान्धीले पनि आतंकवादविरुद्धको अभियानमा सरकारलाई पूर्ण समर्थन रहेको जानकारी गराएका छन् । उनको भनाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ, ‘सरकारसँग हाम्रो आफ्नै विद्रोह छ, तर अहिले हामीले राष्ट्र बचाउनैपर्ने जटिल परिस्थितिमा कुनै विद्रोह गर्न चाहन्नौँ, आतकवादीलाई परास्त गर्न सरकारले चाल्ने कदमहरुमा हाम्रो ऐक्यबद्धता छ ।’

उता पाकिस्तानले भारतविरुद्धको लडाइँमा रुसी सहयोगको अपेक्षासहित उच्चस्तरीय सम्पर्क गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टिप्पणीहरू