बालुवाटारमा साँझ मन्त्रीहरु, राती एमाले नेताहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारस्थित नयाँ सचिवालयमा क्याबिनेट बैठक राखिएको छ ।
त्यसअघि प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उहाँले आज बिहान नक्सालस्थित होटल म्यारियटमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । अहिले बालुवाटारमा सुरक्षा बैठक बसेको छ । गृहमन्त्री,चार वटै सुरक्षा निकायका प्रमुख र मुख्य सचिव बैठकमा सहभागी छन् ।
साढे ११ बजेपछि बालुवाटारमा राजनीतिक भेटघाट भनिएको छ । साढे १२ बजे एमाले कर्णाली प्रदेशका इञ्चार्ज गोरखबहादुर बोगटीलाई भेटघाटका लागि प्रधानमन्त्रीले समय दिनुभएको बताइन्छ ।
लञ्च टाइममा उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै हुनुहुन्छ भने बेलुकी साढे ७ बजे संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेय पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने कार्यक्रम छ । राति एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीसँग छुट्टै भेट गर्ने बुझिएको छ ।
महासचिवपछि एमाले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतलाई राति १० बजे बालुवाटार पुग्न समय दिइएको बताइन्छ ।
टिप्पणीहरू