पाकिस्तानमाथि भारतीय आक्रमण : आठको मृत्यु, पाँच लडाकु विमान खसालिएको दाबी
भारतले पाकिस्तानको काश्मिरमा आक्रमण गरेको छ । गएरातिदेखि भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएर पाकिस्तानमाथि आक्रमण थालेको छ । अल्जाजिरा टेलिभिजनका अनुसार भारतले पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको छ । उता पाकिस्तानी रक्षामन्त्री खावाज असिफले आक्रमणको क्रममा पाकिस्तानले भारतीय पाँच वटा लडाकु विमान खसालेको दाबी गरेका छन् । उनले केही भारतीय सैनिकलाई नियन्त्रणमा लिइएको उनले बताए ।
पाकिस्तानले भारतीय आक्रमणको उपयुक्त जवाफ दिने बताएको छ । संयुक्त राष्ट्र संघ, अमेरिकालगायत विश्वका धेरै मुलुकले भारत र पाकिस्तानलाई युद्धमा नउत्रिन आग्रह गरेका छन् ।
पाकिस्तानले सबै अस्पतालमा आपतकाल घोषणा गरेको छ । यता भारतले श्रीनगर विमानस्थल बन्द गरेको छ । रातिदेखि उत्पन्न अवस्थापछि काश्मिर, अमृतसर, चण्डीगढ, बिकानेर, धर्मशालालगायत उत्तर पश्चिम भारतका धेरै स्थानका विमानस्थल बन्द गरिएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तका सबै विद्यालय बन्द गरिएको छ । युद्धको खतरा बढ्दै गएकाले त्यहाँका सबै शिक्षण संस्था बन्द गरिएको मुख्यमन्त्री मारियाम नवाज शरिसफले बताएका छन् ।
टिप्पणीहरू