काँग्रेसको आलोचनाबाट एमाले सशंकित
हिजो दिउँसो संसदीय दलको बैठक राखेको एमालेले आज सचिवालय बैठक डाकेको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमलाई संसद बैठकमा पूर्ण रुपले समर्थन गर्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
हिजै नेपाली काँग्रेसले पनि संसद भवन, नयाँ बानेश्वरमा डाकेको संसदीय दलको बैठकमा नीति तथा कार्यक्रमको चर्को आलोचना भएको थियो । एमालेले संयुक्त सरकारको भावनाविपरित एकपक्षीय रुपमा नीति तथा कार्यक्रम तयार पारेको आरोप काँग्रेसी सांसदहरुको छ । बैठकले रचनात्मक सुझावसहित नीति तथा कार्यक्रमलाई समर्थन दिने निर्णय गरेको छ ।
यता एमालेको आज दिउँसो २ बजे पार्टी मुख्यालय, च्यासलमा बस्ने केन्द्रीय सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रम र काँग्रेसको टिकाटिप्पणीबारे छलफल हुने बुझिएको छ । बैठकमा पार्टी गतिविधिलगायत समसामयिक राजनीति र अन्य विषयमा छलफल हुने कुरा छ ।
टिप्पणीहरू