छिमेकी रिसाउँदा भारतलाई ७७ करोड चुना,पाकिस्तानलाई पूर्वतिर आपत्
भारतको जम्मू कश्मिरस्थित पहलगाममा भएको आक्रमणपछि पाकिस्तानसँगको सम्बन्ध थप तनावपूर्ण भएको छ । २८ जना मारिएको उक्त काण्डमा भारतले मुस्लिम अतिवादीहरुलाई पाकिस्तानले साथ दिएको आरोप लगाएपछि सम्बन्ध थप तिक्ततापूर्ण भएको छ ।
भारतले दुई मुलुक भएर बग्ने सिन्धु नदीको बहाव रोकिदिने धम्की दिएसङ्गै पाकिस्तानले भारतीय विमानलाई आफ्नो आकाश भएर उड्न प्रतिबन्ध लगाएको छ । यता भारतले पनि पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द घोषणा गरेको छ ।
अर्को मार्ग प्रयोग गरिँदा युरोप,अमेरिका जाने विमानको उडान घण्टा कम्तीमा तीनदेखि चार घण्टा लम्बिने गरेको छ ।
भारतले यो प्रतिबन्ध आजदेखि मे २३ सम्म लागू हुने जनाएको छ । पाकिस्तानी विमानहरुले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानका लागि भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ ।
पाकिस्तानको पूर्वतिरको तुलनामा भारतका धेरै विमान कम्पनी पश्चिम एसिया,युरोप,अफ्रिका,अमेरिका उडान गर्छन् । पाकिस्तानी आकाशमा लगाइएको प्रतिबन्धले सबैभन्दा बढी घाटा भारतलाई भएको देखिन्छ । पाकिस्तानी आकाशको सट्टा अर्को मार्ग प्रयोग गरिँदा युरोप,अमेरिका जाने विमानको उडान घण्टा कम्तीमा तीनदेखि चार घण्टा लम्बिने गरेको छ । यसबाट प्रतिसाता ७७ करोड भारतीय रुपैयाँ खर्च बढ्ने हिसाब छ ।
टिप्पणीहरू