प्रचण्डका नाममा किन यतिसम्म ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नाम पुकारेपछि माओवादी केन्द्रमा पदको फालाफालो हुन्छ, त्यस्ताले जे–जस्ता क्रियाकलाप गरे पनि छुट पाउँछन् ।
माओवादी केन्द्रको जनवर्गीय संगठन प्रेस सेन्टरका विष्णु सापकोटा जुगल अध्यक्ष भएर आएपछि साधारण सदस्य नै नरहेका निर्मल ज्ञवालीलाई केन्द्रीय उपाध्यक्ष एवं उपत्यका इञ्चार्ज बनाए । उनले टीका लगाएलगत्तै अधिवेशनबाट निर्वाचित प्रेस सेन्टर काठमाडौं जिल्ला अध्यक्ष गोकर्ण बराललाई निश्कासन र उपत्यका प्रदेश मुख्यसचिव फणीन्द्र फुयाललाई कुनै जानकारीबिना, बैठक नै नबसी पदबाट हटाए । जिल्ला तथा प्रदेशमा टिके पद वितरण गरे । महान् शहीद कृष्णसेन इच्छुकको नाम भजाए । उनीहरूको कार्यशैली पाँच महिनाअघि सम्पन्न पत्रकार महासंघको निर्वाचनसम्म आइपुग्दा झन् निरंकुशतातर्फ उन्मुख भयो ।
त्यहाँ विभिन्न पदका लागि उम्मेदवारी दिनेमा फणीन्द्र फुयाल, योगेश खपांगी, प्रवीण चौधरी पनि थिए । तर, उनीहरूलाई वार्ता र बैठकमै बोलाइएन । बैठकमा बोलाइएको भए सहमतिका आधारमा उम्मेदवारी फिर्ता लिन सक्थे । निर्वाचन हुनु दुई दिनअघि यी तीन भाइले तीनभाइलाई सेन्टरबाट निलम्बन गरे । उनीहरूले सम्मानजनक मत प्राप्त गरे । सेन्टरले उठाएका उम्मेदवार १, २ जना बाहेक सबै पराजित भए ।
वैशाख १५ गते प्रेस सेन्टरको महाधिवेशन भयो । नेतृत्व चयनका लागि पहिलो पटक निर्वाचन गराइयो । फुयाल, चौधरी र खपाङ्गीलाई सहभागी गराइएन । निलम्बन गर्नुअघि स्पष्टीकरण सोध्ने काम पनि भएन । यसमा प्रेस सेन्टरका इञ्चार्ज एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाको पनि गम्भीर कमजोरी छ ।
टिप्पणीहरू