शिक्षकहरु हिँडेपछि पेटिकोट प्रदर्शन

लघुवित्त तथा सहकारी पीडितहरु अर्थनग्न भएर आन्दोलनमा उत्रिएका छन् । सरकारलाई दबाब दिन पीडित महिलाहरुले पेटिकोटसहित जुलुस निकालेका हुन् ।
क्षेत्रपाटीमा भेला भएका चार सयभन्दा बढी प्रदर्शनकारी असन, भोटाहिटी, भद्रकाली हुँदै केहीबेर अघि माइतीघर पुगेका छन् । प्रदर्शनमा केही महिलाले ‘माग पूरा नभए नांगो बन्न तयार छौँ’ लेखिएको कालो पेटिकोट देखाउँदै कालो कपडाले मुख बाँधेका छन् ।
शिक्षकहरुको जुलुस माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेपछि लघुवित्त तथा सहकारी पिडितहरु त्यहाँ पुगेका हुन् । सो क्षेत्रमा खटिएका एक प्रहरी अधिकृतका अनुसार लघुवित्त पीडितहरु पनि तुलनात्मक रुपमा आक्रामक बन्दै गएका छन् । हिजोको झडपपछि शिक्षकहरु थप उग्र बन्ने सम्भावनालाई ध्यानमा राखेर आज सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टिप्पणीहरू