महाभूकम्पको इपिसेन्टरमा स्मृति सभा
२०७२ सालको विनाशकारी भूकम्पको इपिसेन्टर गोरखाको बारपाकमा स्मृति सभा आयोजना गरिएको छ ।
बारपाक–सुलिकोट गाउँपालिकाले महाभूकम्पको दसौँ स्मृति दिवस समारोह आयोजना गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलागायत उपस्थित छन् ।
भूकम्पले विभत्स क्षति पुर्याएको समय ठीक ११:५६ बजे ज्यान गुमाउनेहरुको सम्झनामा मौनधारण गरेर कार्यक्रम शुरु गरियो । त्यसअघि प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गर्नुभएको थियो ।
प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन् । समारोहलाई प्रचण्डले सम्बोधन गर्नुहुने छ ।
तस्बिरहरुः












टिप्पणीहरू