काठमाडौंमा मरणासन्न हुनेगरी रड प्रहार गरेकाहरु हेटौंडामा समातिए

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवालाई आक्रमण गरेको आरोपमा दुई जना समातिएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, घर भई हाल काठमाडौं महानगरपालिका–६, बस्दै आएकी ३५ वर्षीया शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुरको चाँगुनारायण नगरपालिका–८, का ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाललाई प्रहरीले पक्रेको छ ।
गत वैशाख ३ गते बेलुका साढे ५ बजेतिर गोठाटारको पहेँलो पुलनजिकैको मन्दिरअगाडि वाइवामाथि रड प्रहार भएको थियो । उनीहरुले ज्यान मार्ने उद्देश्यले रड प्रहार गरी घाइते पारेको आरोप छ । घटनामा संलग्न दुवै जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धानका निम्ति पठाएको छ ।
टिप्पणीहरू