अमेरिकीलाई डिपोर्ट

अमेरिकीलाई डिपोर्ट

नेपालले एक जना अमेरिकी नागरिकलाई डिपोर्ट गरेको छ । ती नागरिक अस्ति कुलमान घिसिङको पक्षमा नारा लगाउँदै हिँडिरहेका थिए । सरकारले कुलमान घिसिङलाई निश्कासन गर्दा ती अमेरिकी नागरिकसमेत कुलमानलाई पुनर्बहाली गर भनेर जुलुसमा आएका रहेछन् । 

वास्तवमा अमेरिकीहरु अर्काको देशमा कतिसम्म घुसपैठ गर्दा रहेछन् भन्ने कुरा यहाँबाट पनि थाहा पाउन सकिन्छ । उनीहरूलाई नेपालको प्रधानमन्त्री मात्रै आफूले भनेको भएर पुग्दैन, विद्युत् प्राधिकरणको हाकिमसमेत आफूले भनेकै चाहिने रहेछ । कति हेपेको होला ?

अब सरकारले उनलाई डिपोर्ट गर्ने भनिसक्यो राम्रै भयो । यो एक हिसाबले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको एउटा जवाफ पनि हुन सक्छ । हामीले समाचारमा सुनिरहेका छौं, डोनाल्ड ट्रम्पले अब धेरै नेपालीलाई डिपोर्ट गर्छन् भन्ने हल्ला छ ।

वास्तवमा अमेरिकाले नेपालीलाई डिपोर्ट गर्ने मात्र होइन, चाह्यो भने नेपालले अमेरिकीलाई पनि डिपोर्ट गर्न सक्छ भन्ने कुराको उदाहरण हो यो । हामीले अमेरिकीलाई डिपोर्ट गर्न थालेपछि उता नेपालीलाई डिपोर्ट गर्न डोनाल्ड ट्रम्प अलिकति डराउलान् कि ? 

टिप्पणीहरू