तीनकुने घटनामा संलग्न राजावादी तीन सातादेखि नातेदारको घरमा

तीनकुने घटनामा संलग्न राजावादी तीन सातादेखि नातेदारको घरमा

प्रहरीले सन्तोष राजवादी भनिने सन्तोषकुमार सिलवाललाई नियन्त्रणमा लिएको छ । चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनमा सहभागी भएपछि हालसम्म लुक्दै हिँडेका सन्तोष गएराति कोटेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । 

स्थानीय महादेवस्थान नजिकै रहेको आफन्तको घरमा लुक्दै आएका उनलाई प्रहरीको सिआईबी टोलीले राति पक्रेको हो । उनलाई जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ । उक्त घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई सयभन्दा बढीसँग सोधपुछ पश्चात् हालसम्म ८२ जनामाथि प्रहरीको विस्तृत अनुसन्धान जारी छ ।

टिप्पणीहरू