प्रहरीका ६ डिआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले रिक्त एआईजी पदमा बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा कार्यसम्पादन प्राप्तांकअनुसार क्रमशः चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् ।
खापुङ, आचार्य र पोखरेल हालका आईजिपी दीपक थापाको ब्याची (०५२) हुन् भने कार्की, अधिकारी र केसी ०५४ चैत १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका थिए ।
टिप्पणीहरू