म्यानमारमा नेपाली मन्दिर भत्कियो, आधा दर्जनको मृत्यु

म्यानमारमा नेपाली मन्दिर भत्कियो, आधा दर्जनको मृत्यु

म्यानमारको एक मन्दिर भूकम्पले भत्काउँदा आधा दर्जनको निधन भएको छ । नेपालीहरुले पूजाआजा गर्दै आएको गंगाघाट मन्दिर भूकम्पले भत्काउँदा ६ जनाको ज्यान गएको हो । 

साढे दुई दर्जनको भने ज्यान जोगिएको छ । म्यानमारमा रहेका नेपाली भाषी कालु पौड्यालका अनुसार भूकम्पमा परे पनि ३० जना बाँच्न सफल भएका छन् । 

तीमध्ये तीन जना सामान्य घाइते छन् । भूकम्पले ढालेको उक्त मन्दिरमा नेपालीहरुले जनै पूर्णिमा र माघे संक्रान्ति मनाउँदै आएको उनको भनाइ छ ।  

गत चैत १५ गते बिहान म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोमा त्यसयता पनि लगातार पराकम्पहरु गइरहेका छन् । भूकम्पको कडा धक्का थाइल्याण्डमा समेत महसुस गरिएको छ ।

भूकम्पमा परी म्यानमारमा हालसम्म झण्डै चार हजारले ज्यान गुमाइसकेका छन् । घाइते हुने हजारौंको संख्यामा छन् भने सयौं बेपत्ता छन् । 

टिप्पणीहरू