बिरामी सक्कली, अस्पताल र डाक्टर नक्कली

बिरामी सक्कली, अस्पताल र डाक्टर नक्कली
सुन्नुहोस्

नेपाली काँग्रेसले मधेसमा नक्कली डाक्टरको बिगबिगी बढेकोमा सरकारको ध्यानाकर्षण गराएको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नक्कली डाक्टरले सक्कली बिरामीको उपचार गर्न सक्छ ? भनेर प्रश्न गरेका हुन् । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिसमेत रहेका खतिवडाले मधेशका ९६ अस्पतालमा निरीक्षण गर्ने क्रममा ८१ वटा अस्पताल दर्ता नै नभएको भेटिएको जानकारी गराए । ‘नक्कली हस्पिटल, नक्कली डाक्टर, नक्कली औषधि तर बिरामी चाहिँ सक्कली’, उनले आक्रोश पोख्दै भने, ‘बिरामीको अवस्था के हुन्छ ? सरकारले ध्यान देओस्, काम नगरी बोल्ने बानी अन्त्य होस् ।’

सांसद खतिवढाले ओखलढुंगाको मिसन हस्पिटलमा बीमाको रकम समयमै नपुग्दा बिरामीको उपचार रोकिएकोमा चाँडै सेवा सूचारु गर्न पनि माग गरे ।

टिप्पणीहरू