विश्वविद्यालय तोडफोडमा संलग्नको खोजी जारी
त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा तोडफोड भएको छ । विद्यार्थीहरुले आज बिहान कार्यालयमा तोडफोड गरेको बताइन्छ । बिहान १० बजेतिर तोडफोड भएको विश्वविद्यालयका प्रवक्ता थमनसिंह बोहोराले जानकारी दिए ।
तोडफोडको कारण र उक्त कार्यमा संलग्न विद्यार्थीको खोजी भइरहेको बोहोराले बताए । ‘आज बिहान १० बजेतिर तोडफोड भएछ । विद्यार्थीहरुले के कारणले तोडफोड गरे ? हामी छानबिन गरिरहेका छौं’,उनले भने ।
१० बुँदे माग राख्दै विभिन्न विद्यार्थी संगठनले यसअघि रेक्टरको कार्यालयमा तालाबन्दी गरेका थिए । तर, कुनै छलफल बिना नै ताल्चा तोडिएको भन्दै विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेको बुझिएको छ ।
टिप्पणीहरू