जागरण अभियानमा हिँडेका प्रचण्डलाई कमलाको स्वागत

जागरण अभियानमा हिँडेका प्रचण्डलाई कमलाको स्वागत
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धनुषाको कमला नगरपालिकाले भव्य स्वागत गरेको छ । 

'जनतासँग माओवादी तराई-मधेस जागरण अभियान' का क्रममा धनुषा पुगेका प्रचण्डसहितका माओवादी नेतालाई मेयर विशेश्वर यादवले स्वागत तथा सम्मान गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उनले फूलको माला लगाएर पालिका कार्यालयमा स्वागत गरे । 

पालिका प्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

टिप्पणीहरू