मन्त्रीको कुराे सुनेपछि पोखरेलीहरु झसङ्ग

मन्त्रीको कुराे सुनेपछि पोखरेलीहरु झसङ्ग

गण्डकी प्रदेशको राजधानी पोखरालाई गत वर्ष औपचारिक रुपमै ‘पर्यटकीय राजधानी’ घोषणा गरिएको थियो । चैत ५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा गण्डकी प्रदेश र पोखरा महानगरले संयुक्त रुपमा भव्य कार्यक्रमको आयोजना गरेर पर्यटकीय राजधानी घोषणा गरेका हुन् । 

तर, सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने पोखरालाई कहिल्यै पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय नभएको बताउनुभएको छ । आजदेखि शुरु भएको नेपाल लिटरेचर फेस्टिभललाई सम्बोधन गर्दै उहाँले पोखरालाई पर्यटकीय राजधानी भनेर हल्ला मात्र चलाइएको उल्लेख गर्नुभयो । 

‘यहाँ मैले एउटा शब्द देखेको छु, पोखरा टुरिजम क्यापिटल अफ नेपाल भन्या छ’, थप्नुभयो, ‘आजसम्म नेपाल सरकारले यो निर्णय गरेकै छैन, हल्लाको कुरा हो । सरकारको क्याबिनेटले गर्नुपर्याे नी !’

तर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने प्रस्ताव मन्त्री गुरुङले नै यसअघि गर्नुभएको बताइन्छ । २०७५ सालमा गण्डकी प्रदेशको तत्कालीन मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा गुरुङले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग अनुमति माग्नुभएको थियो । 

सोही प्रस्तावको विस्तृत अध्ययनपश्चात् तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गतवर्ष पर्यटकीय राजधानी घोषणा गर्यो । तर उतिबेला पोखरालाई पर्यटकीय राजाधानी बनाउने प्रयास अघि बढाउनुभएका मन्त्री गुरुङको आजको अभिव्यक्ति सुनेपछि आफूहरु झसङ्ग भएको पोखरेलीहरु बताउँछन् ।

टिप्पणीहरू