पशुपति क्षेत्रका शाैचालयकाे दुर्दशा

पशुपति क्षेत्रका शाैचालयकाे दुर्दशा
सुन्नुहोस्

आफूलाई सामाजिक अभियन्ता दाबी गर्दै आएकी आशिका तामाङ गत माघअघि फेसबुकमा दैनिक आधा दर्जनभन्दा बढी भिडियो पोस्ट गर्थिन् । बेथितिविरुद्ध आवाज उठाएको भनिए पनि भिडियोमा उनको प्रस्तुतीलाई धेरैले अराजकता ठान्थे । 

तर अहिले उनको सामाजिक सञ्जाललाई अध्ययन गर्ने हो भने निकै फरक दृश्य देख्न पाइन्छ । खासगरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा ११ दिन र जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा एक हप्ता बिताएर थुनामुक्त भएपछि उनको अराजकता कम भएको धेरैको विश्लेषण छ । 

यसैबीच आशिकाले शैली र प्रस्तुती परिवर्तन गर्दै पशुपति क्षेत्रमा रहेका सार्वजनिक शौचालयको व्यवस्थापनमाथि प्रश्न उठाएकी छन् । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने तिर्थालुहरुको निम्ति पशुपति क्षेत्र विकास कोषले शौचालयको उचित प्रबन्ध गर्नुपर्ने हो । तर शौचालयमा शौच गर्न गाह्रो भएपछि आशिकाले व्यंग्य गर्दै लेखेकी छन्, ‘पशुपतिनाथ दर्शन गर्न आको, पिसाब लागेर शौचालय छिरेको र चुकुल नभएर एउटा हातले ढोका समातेर बस्नुपर्ने रहेछ ।’

आशिकाले स्टाटससँगै शौचालयको ढोका थुनिरहेको तस्बिरसमेत सेयर गरेकी छन् ।

टिप्पणीहरू