विदेशमा ‘अनलाइन ठगी’ मा संलग्न गराइएका पाँच नेपाली आइपुगे

विदेशमा ‘अनलाइन ठगी’ मा संलग्न गराइएका पाँच नेपाली आइपुगे
सुन्नुहोस्

गैरकानुनी रुपमा म्यानमार पुर्याएर अनलाइन स्क्यामिङ्गमा लगाइएका पाँच नेपाली स्वदेश फर्केका छन् । मेवाडीबाट उद्धार गरी थाइल्याण्ड ल्याइएका उनीहरुलाई आज स्वदेश फिर्ता पठाइएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । 

तीमध्ये चार जना पुरुष र एक जना महिला रहेको दूतावासले जानकारी दिएको छ । ‘अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेशन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याई चार जना पुरुष र एक जना महिला गरी पाँच जनालाई आज मिति फागुन ९ गतेका दिन नेपाल फर्काइएको छ’,दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, दूतावासले मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन आग्रह गरेको छ । छिटो पैसा कमाउने हेतुले प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन भन्दै दूतावासले सचेत गराएको छ ।

टिप्पणीहरू