मेधावी विद्यार्थी कलेजको भित्तोमा...

मेधावी विद्यार्थी कलेजको भित्तोमा...

घरको पर्खाल केले बनेको हुन्छ ? सबैले सहजै जवाफ दिन्छन्,ढुंगा वा ईंट्टाले । तर,सुनसरीको ईटहरीस्थित एक शैक्षिक संस्थाले आफ्ना मेधावी विद्यार्थीको सम्मानमा तस्बिरसहित छापिएको ब्यानरको प्रयोग गलत ठाउँमा प्रयोग गरेको पाइएको छ । 

गत वर्ष कक्षा ११ को परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएका विज्ञान संकायका विद्यार्थीको फोटो अंकित ब्यानरलाई पर्खालको रुपमा प्रयोग गरिएपछि सो शैक्षिक संस्थाको व्यापक मजाक उडाउन थालिएको छ । उक्त पर्खाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

मेधावी विद्यार्थीहरुलाई भित्तामा टाँस्न नहुने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिकाटिप्पणी गरिरहेका छन् । निर्माणाधीन अवस्थामा रहेको सुष्मा गोदावरी कलेजले आफ्नो गेटको पर्खालमा ‘मेरिटियस’ विद्यार्थीहरुको ब्यानर टाँगेर अपमान गरेको भन्दै कतिपयले आपत्ति जनाएका छन् । मेधावी विद्यार्थीपछि कलेजको पर्खाल र खम्बासमेत बनिदिएको भनेर कटाक्ष गर्नेहरु यत्तिकै छन् । 

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘गाइच, तपाईंहरु कलेजको मेधावी विद्यार्थी मात्र हैन्, कलेजको खम्बा तथा पर्खाल पनि हो ।’ त्यस्तै, अर्कोले विद्यार्थीलाई भित्तामा नपुर्याएको भए हुने भन्दै व्यङ्ग्य गरेका छन् । ‘जे भएपनि मेधावी विद्यार्थीलाई भित्तैमा पुर्याउनचाँहि नहुने थियो’,उनले लेखेका छन् ।

टिप्पणीहरू