रातपरेपछि राजधानीमा बौद्धपूर्व कडाइ

रातपरेपछि राजधानीमा बौद्धपूर्व कडाइ

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले रात्रिकालिन व्यवसाय सञ्चालनमा कडाइ गरेको छ । नगरपालिकाले राति १० बजेपछि रात्रिकालिन व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । ‘गोकर्णेश्वर नगरपालिकाको रात्रिकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

राति अबेरसम्म व्यवसाय सञ्चालन गर्दा ध्वनी प्रदूषण भएको, मदिरापानका कारण असामाजिक कार्य बढेको, झैझगडा हुने गरेको, यौन दुर्व्यवहारको घटना भएको र शान्ति सुरक्षामा प्रतिकूल असर पुगेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले राति १० बजेभन्दा पछाडि होटल, रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । 

जारी विज्ञप्तिमा गोकर्णेश्वर नगरपालिकाभित्र सञ्चालन हुने रात्रिकालिन होटल, रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक व्यवसायहरुको ‘गोकर्णेश्वर नगरपालिकाको रात्रिकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम नगरपालिकाले तोकेको समय रातको १० बजेभन्दा उप्रान्त सञ्चालन गरेको पाइएमा आवश्यक कानुनी कारबाहीका साथै व्यवसाय बन्द गराइने चेतावनी दिइएको छ ।

टिप्पणीहरू