अमेरिकामा समातिएका नेपालीलाई धमाधम पनामा पठाईंदै
फाेटाे स्राेत : एपी
अमेरिकाले पक्राउ परेका नेपालीलगायत विभिन्न देशका अवैध आप्रवासीहरुलाई एउटै विमानमा राखेर दक्षिण अमेरिकी मुलुक पनामा पुर्याएको छ । अस्ति ११९ जनालाई पनामा पुर्याइएको पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले बताएका छन् ।
समाचारमा जनाइएअनुसार पनामा पुगेका अवैध आप्रवासीहरुमा नेपाल, चीन, भारत, अफगानिस्तान, इरान, पाकिस्तान, श्रीलंका, तुर्किमेनिस्तान, उजबेकिस्तान र भिएतनामका हुन् । अरु थप तीन सय बढी आप्रवासीलाई अमेरिकाबाट पनामा पुर्याईंदै छ ।
टिप्पणीहरू