‘अग्राधिकरण’ मुद्दा पनि ‘हेर्न नभ्याइने’ मा

‘अग्राधिकरण’ मुद्दा पनि ‘हेर्न नभ्याइने’ मा

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । उनीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनउपर सुनुवाईका लागि आज न्यायाधीशद्वय सपनाप्रधान मल्ल र विनोद शर्माको १ नम्बर इजलासमा तोकिएको पेशीसँगै ‘अग्राधिकरण’ दिइएको थियो । 

तर, उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ । न्याय परिषद्ले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले गत असोज १४ गते उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । 

‘अफिसर अफ द कोर्ट’को रूपमा रहेका एक जिम्मेवार वरिष्ठ अधिवक्ताले यसप्रकारको अभिव्यक्ति दिएकाले उनलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानूनी कारबाही गर्नुपर्ने माग प्रतिवेदनमा गरिएको छ ।
 

टिप्पणीहरू