उत्कृष्ट कर्मचारीलाई आईजी एपीएफ कमेन्डेसन

उत्कृष्ट कर्मचारीलाई आईजी एपीएफ कमेन्डेसन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोरखाको चीनसँग जोडिएको सीमाना नजिकैको बिओपी साम्दोको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा उनले  उत्कृष्ट कार्य गरेका कर्मचारीलाई आईजी ए.पी.एफ. कमेन्डेसन प्रदान गरेको जनाइएको छ ।

भ्रमणको क्रममा स्थानीयसँग सो क्षेत्रको शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिएको बताइन्छ । साम्दो विओपीलगायत उच्च हिमाली भेगमा कठिन भूगोल र अति चिसो हिउँदका लागि भवन तथा पोष्टहरुसमेत फरक तवरमा निर्माण हुन जरुरी रहेको महानिरीक्षक अर्यालले उल्लेख गरे ।

टिप्पणीहरू