संसद अधिवेशनअघि दलहरु बैठकमा व्यस्त

संसद अधिवेशनअघि दलहरु बैठकमा व्यस्त

नेकपा एमालेले आज दिउँसो संसदीय दलको बैठक डाकेको छ । संघीय संसद् भवनको ल्होत्से हल, नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ 

संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदै छ । त्यसअघि राजनीतिक दलहरु बैठकमा व्यस्त देखिएका हुन् । नेपाली काँग्रेसले अस्ति बैठक गरेको थियो भने हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बसेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि बिहान ११ बजे संसदीय दलको बैठक राखेको छ । दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी विधानको दफा १३ (१) बमोजिम बैठक आह्वान गरेका हुन् ।

टिप्पणीहरू