युवा कानुन व्यवसायीको भेला माघमा

युवा कानुन व्यवसायीको भेला माघमा
सुन्नुहोस्

आगामी माघ २६ गते युवा कानुन व्यवसायीहरुको सम्मेलन हुने भएको छ । 

नेपाल बार एशोसिएशन, युवा कानुन व्यवसायी सरोकार समितिको आयोजनामा पहिलोपटक सम्मेलन हुन लागेको हो । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बिहान ९ बजेदेखि सम्मेलन हुने एशोसिएशनले जनाएको छ । 

भविष्यमा कानुनी क्षेत्रको नेतृत्व गर्ने युवा कानुन व्यवसायीहरुसँग छलफल गर्न सम्मेलनको आयोजना गरिएको जनाइएको छ ।

टिप्पणीहरू