प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्दै एमाले
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक डाकिएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो ४ बजे राखिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको हालैको चीन भ्रमणको उपलब्धीबारे समीक्षा गरिने बुझिएको छ । त्यसैगरी मंसिर १६ गते भएको उपनिर्वाचनको पनि समीक्षा गरिने छ ।
आजको बैठकमा समसामयिक राजनीतिबारे नेताहरुले आफ्ना धारणा राख्ने बताइएको छ ।
टिप्पणीहरू