ग्रामथानमा ७६ प्रतिशत मतदान, पुथा-उत्तरगङ्गामा पाँच प्रतिशत

ग्रामथानमा ७६ प्रतिशत मतदान, पुथा-उत्तरगङ्गामा पाँच प्रतिशत
सुन्नुहोस्

स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा आज उपनिर्वाचन भइरहेको छ । उपचुनावमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । 

निर्वाचन आयोगका अनुसार मध्याह्न १२ बजेसम्म झन्डै ४० प्रतिशत मतदान भएको छ । आयोगका प्रवक्ता दुर्गाप्रसाद चालिसेले भने, ‘अहिलेसम्म ३१ प्रतिशत बढी मतदान भएको सिस्टमले देखाएको छ । तर, सिस्टममा अपडेट ढिलो हुने हुँदा ४० प्रतिशत बढी भइसकेको हुनुपर्छ ।’

सबैभन्दा बढी मोरङको ग्रामथान गाउँपालिकामा भोट खसेको आयोगले जनाएको छ । अध्यक्षका लागि भइरहेको उपचुनावमा झण्डै ७६ प्रतिशत मत खसिसकेको आयोगले जनाएको छ । 

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सबैभन्दा कम मत खसेको छ । आयोगका अनुसार त्यहाँ पाँच प्रतिशत मात्र मत खसेको छ । यता, काठमाडौंको कीर्तिपुर नगरपालिकामा बिहान १२ बजेसम्म ३० प्रतिशत मतदान भएको जनाइएको छ ।

टिप्पणीहरू