बीआरआई अनुदानमा मात्रै स्वीकार गरिन्छः काँग्रेस सभापति देउवा

बीआरआई अनुदानमा मात्रै स्वीकार गरिन्छः काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर पुग्नुभएको छ ।

जनकपुरधाम उमहानगरपालिका–२५, लोहनामा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन पुग्नुभएका सभापति देउवाले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मित्रराष्ट्रको भ्रमण हो । बिआरआई योजना अनुदानमा स्वीकार गर्न सकिन्छ ।’

उहाँ स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न त्यहाँ जानुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको पूर्व सन्ध्यामा सिंहदरबारमा भूतपूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुसँग छलफलको आयोजना गर्नुभएको छ । देउवा जनकपुर जानुभएकाले उहाँ सिंहदरबारको कार्यक्रममा अनुपस्थित हुनुभएको छ । अर्का भूतपूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्रीले बोलाउनुभएको छलफलमा अनुपस्थित हुनुहुन्छ ।

टिप्पणीहरू