होटलमा व्यापारी मृत भेटिए
मोरङको विराटनगरमा एक जना व्यापारी मृत अवस्थामा भेटिएका छन् । आज बिहान विराटनगर महानगरपालिका–९, स्थित फ्रेण्डस रेष्टुरेन्ट एण्ड लजमा रतुमाई नगरपालिका–९, लालिकट्टाका ३३ वर्षीय गजेन्द्र साह मृत फेला परेका छन् ।
रंगेली नगरपालिका–२, बैतौमा होलसेल पसल गर्दै आएका उनी हिजो दिउँसोदेखि होटलको कोठा नम्बर २०४ मा बसेका थिए । उनी कोठामै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
साहका आफन्तहरुले उनी मानसिक रुपमा स्वस्थ्य रहनुका साथै व्यापारमा पनि कुनै घाटा नभएकोले घटना रहस्यमय रहेकाले गहन छानबिनको माग गरेका छन् । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिप्पणीहरू