आमालाई छक्याउँदै तीन दिनदेखि बेपत्ता दिवस भेटिए

आमालाई छक्याउँदै तीन दिनदेखि बेपत्ता दिवस भेटिए

तीन दिनदेखि सम्पर्कविहीन दिवस सापकोटा सकुशल भेटिएका छन् । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २१ वर्षीय सापकोटा आफ्नै साथीको घरमा भेटिएका हुन् । 

आमाको गालीबाट बच्न उनी साथीको घरमा बसेको बुझिएको छ । उनी आज बिहान घर फर्किएको परिवारले जानकारी दिएको छ ।

‘ऊ बाहिर जाने भन्दै थियो । मैले नजा भनेकी थिएँ । त्यही निहुँमा सामान्य विवाद भयो । त्यसपछि ऊ आफ्नो साथीहरुसँग घुम्न गएछ । उसको फोन पनि बिग्रिएको थियो । मैले उसको साथीलाई फोन गरँे, मुग्लिन पुगिसक्यौं भन्छन् । अनि मैले बेस्सरी हप्काएँ । उनीहरु मुग्लिन गएकै रहेनछन्, साथीकै घरमा बसेका रहेछन् । मलाई हिजो फोन गरेर बिहान आउँछु भनेका थिए, आज बिहान आए । नत्र मिडियामा जाने तयारीमा थियौं’, उनकी आमाले बताइन् ।   

अखिलको स्थानीय अध्यक्षसमेत रहेका सापकोटा बेपत्ता भएपछि परिवारले प्रहरी गुहारेको थियो । यता, सामाजिक सञ्जालमा पनि उनको खोजीमा विभिन्न सामग्रीहरु हालिएको थियो ।
 

टिप्पणीहरू