ठूला माछामाथि मुद्दा जाला त आज ?

ठूला माछामाथि मुद्दा जाला त आज ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा सरकारका मुख्यसचिव बैकुण्ठ अर्याललगायतविरुद्ध मुद्दा दायर गर्ने भएको छ । आयोगले आज भोलि नै विशेष अदालतमा मुद्दा दर्ता गराउन अन्तिम तयारी थालेको बताइएको छ । उनी उक्त खरिद हुँदा सञ्चार मन्त्रालयका सचिव थिए ।

अख्तियारका सचिव रामेश्वर दंगालले कडिकडाउसङ्ग जानुपर्ने सुझाव दिएकोले अख्तियारले पुनः नयाँ रणनीतिका साथ मुद्दा हाल्ने तयारी गरेको स्रोतको दाबी छ । अर्यालविरुद्ध मुद्दा दायर भएको अवस्थामा उनी तत्काल मुख्यसचिवको जिम्मेवारीबाट निलम्बित हुनेछन् । मुद्दा दायर भएको अवस्थामा लगत्तै सरकारले अर्का सचिवलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने हुन्छ ।

नेपाली काँग्रेसका दुई पूर्वमन्त्री माननीय ज्ञानेन्द्र कार्की र मोहन बस्नेत समेतलाई सोही विषयमा मुद्दा दायर गर्ने बुझिएको छ । 

आयोगको अस्ति बसेको बैठकमा तत्कालीन मन्त्रीहरु कार्की र बस्नेतमाथि मुद्दा चलाउने सन्दर्भमा केही आयुक्तले फरक मत राखेको बताइन्छ । २० जनाभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने आयोगको प्रस्तावमा एकथरी आयुक्तले राजनीतिक नेतृत्वलाई निर्णय प्रक्रियामा सामेल गराउन नहुने धारणा राखेका थिए ।

अन्य मुलुकबाट नेपाल भित्रिने टेलिफोन कलको राजस्व र इन्टरनेटको अनुगमन गर्न दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिद प्रक्रिया अघि बढाएको थियो । त्यसबारे निर्णय पहिलो मन्त्री मोहन बस्नेत र त्यसपछि ज्ञानेन्द्रबहादुर कार्कीले खरिद प्रक्रिया र बजेट स्वीकृत गरेका थिए ।

टिप्पणीहरू