परीक्षाको नतिजा प्रकाशित नहुँदै आगामी एसईईको तालिका

परीक्षाको नतिजा प्रकाशित नहुँदै आगामी एसईईको तालिका

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पहिलो पटक मितिसहितको एसईई वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन हुनेछ । उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण चैत २५ गतेदेखि २०८२ वैशाख मसान्तसम्म गरिनेछ । 

नतिजा भने २०८२ असार ६ गतेभित्र सार्वजनिक गरिसक्नुपर्नेछ । त्यस्तै, कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म गरिनेछ । 

कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम कात्तिक २६ गतेदेखि पुस ७ गतेसम्म भराउनुपर्नेछ । प्रश्नपत्र छपाई र ढुवानी कार्य फागुन १ गतेदेखि फागुन मसान्तसम्म गरिसक्नुपर्ने तालिकामा उल्लेख छ । 

परीक्षाको समय तालिका प्रकाशन माघ १ गते हुने छ भने परीक्षा केन्द्र निर्धारण माघ पहिलो हप्ताभित्र हुनेछ । पुरक परीक्षा सञ्चालन २०८२ साउन १९ र २० गते सञ्चालन गरिनेछ । परीक्षाको नतिजा भदौ २० गतेभित्र प्रकाशन हुनेछ ।
 

टिप्पणीहरू