७१ वर्ष अघिको सम्झनामा प्रभातफेरी (फाेटाे फिचर)

७१ वर्ष अघिको सम्झनामा प्रभातफेरी (फाेटाे फिचर)
सुन्नुहोस्

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा राजधानीमा प्रभातफेरी निकालिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको अवसरमा प्रभातफेरीको आयोजना गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही संघलगायत अन्य पर्वतारोहण संघ संस्थाले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला राखेको स्मरण गर्दै विविध कार्यक्रमको आयोजना गर्न लागेका छन् ।

नेपालका तेन्जिङ र न्युजिल्याण्डका एडमण्डले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको पहिलो सफल आरोहण भएको ७१ वर्ष पुगेको छ ।

तस्बिरहरु

टिप्पणीहरू