कविता महोत्सवमा उत्कृष्ट १० लाई ३० हजार रुपैयाँ पुरस्कार

कविता महोत्सवमा उत्कृष्ट १० लाई ३० हजार रुपैयाँ पुरस्कार

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्सव’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो ६७ औं वार्षिकोत्सवको अवसरमा आउँदो असार ९ गते महोत्सव आयोजना गर्न लागेको छ ।

यसका लागि नेपाली कविहरुलाई कविता उपलब्ध गराउन अनुरोध गर्दै आगामी जेठ २२ गतेसम्म कविता पठाउन सकिने मिति तोकिएको छ । प्रतिष्ठानका अनुसार महोत्सव समावेशी, सहभागितामूलक र बहुभाषी हुने भएकाले नेपालका सबै भाषा÷मातृभाषामा कविता लेख्न सकिनेछ । मातृभाषामा पठाइएका कविता अनिवार्य रुपमा अनुवादसहित पठाउनुपर्नेछ । 

प्राप्त कवितामध्ये उत्कृष्ट १० लाई ३० हजार रुपैयाँ नगद पुरस्कारसहित कदर पत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । कविता पूर्णतः मौलिक तथा महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यमबाट प्रसारित र प्रकाशित नभएको हुनुपर्नेछ । म्यादपछि प्राप्त हुने र तोकिएको मापदण्डविपरीतका कवितालाई महोत्सवको मूल्याङ्कन प्रक्रियामा समावेश नगरिने जनाइएको छ । 

महोत्सवमा सहभागी हुन चाहने कविहरुले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचेको पासपोर्ट साइजको फोटो र सम्पर्क मोबाइल नम्बरसहित कविता कम्प्युटरमा टाइप गरेर प्रतिष्ठानको इमेलमा पठाउनुपर्ने छ ।

टिप्पणीहरू