काठमाडौँको होटलमा १० जना अमेरिकीको शपथ

काठमाडौँको होटलमा १० जना अमेरिकीको शपथ
सुन्नुहोस्

पिस कोर्प्सका स्वयमसेवकहरुले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र हाल नेपाल भ्रमणमा रहेकी पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट जुनियरबाट शपथ लिएका छन् । लैनचौरस्थित होटल शंकरमा आयोजित कार्यक्रममा पिस कोर्प्सका १० जना रेस्पोन्स स्वयमसेवकहरुको नयाँ समूहलाई शपथ ग्रहण गराइएको अमेरिकी दूतावासले जनाएको छ ।

नयाँ स्वयंसेवकहरूले पर्यटन प्रवर्धन,सरकारी विद्यालयहरूमा ई–लर्निङ,ई–टिचिङ र विश्वविद्यालय स्तरमा कृषि अनुसन्धानमा केन्द्रित कार्यहरूमा सेवा प्रदान गर्ने बताइएको छ । पिस कोर्प्स अमेरिकी सरकारको विश्वका विभिन्न मुलुकका ग्रामीण भेगका विपन्न समूहलाई सहजीकरणका लागि स्वयमसेवीहरु पठाउने संस्था हो ।

नेपालमा पिस कोर्प्स सन् १९६२ सेप्टेम्बरदेखि कृषि र शैक्षिक क्षेत्रमा सक्रिय हुँदै आएको छ ।

टिप्पणीहरू