बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङको प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका छन् । 

दमनले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने काँग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेको बताइएको छ ।

तेस्रो स्थानमा माओवादीका जनक बुढा रहेका छन् । उनले ३ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । मतपरिणामको औपचारिक घोषणा गरिएको छैन । 

गत निर्वाचनमा निर्वाचनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरेर  विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।
 

टिप्पणीहरू