सेमिफाइनलमा नेपालको फितलो प्रदर्शन

सेमिफाइनलमा नेपालको फितलो प्रदर्शन
सुन्नुहोस्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ९ विकेटको क्षतिमा मात्र ११९ रन बनाएको हो । समूह चरणका सबै खेल जितेर समूह बिजेता बन्दै सेमिफाइनल पुगेको नेपाली टोलीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । 

पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल शून्यमा आउट भए । आशिफ शेख ८ कप्तान रोहित पौडेल ५ रनमा पेभिलियन फर्किए । शुरुमै महत्वपूर्ण ३ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ मध्यक्रमका ब्याटर सन्दीप जोराले सम्हालेका थिए । तर, उनी पनि अर्धशतक बनाएर आउट भएपछि नेपाल सस्तैमा समेटिएको हो । 

नेपालका लागि गुल्सन झाले २० र करण केसी १७ रन जोडे । युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

टिप्पणीहरू