जाडोको सामाजिक ब्यवहार

जाडोको सामाजिक ब्यवहार

– जगदीशराज बराल 

१४ मार्च ई.सं. २०२४ मा भारतीय साहित्य लेखक राजेन्द्र वर्माज्यूले तीन यगण–आईएसएस अर्थात १५ मात्राहरुको प्रचलनमा त्यति नआएको नयाँ छन्दमा  गजल लेखेर सामाजिक सञ्जालमा साझा गर्नु भएको गजलमा–“ यदि आगो  साँच्ची कै नभए,त फेरि यो धुवाँ कसरी निसक्यो । ...तिमीलाई जे गर्नु छ ,गर,हृदय सँग हृदय मिली सकेका छन”भनेर सृजना पोख्नु भएपछि  हिउँद–जाडो लागेपछि  तरकारीको लागि किशानहरुले ढोड्–झार पतिङ्ग बाल्दा धुवाँ निस्केको र  एक्लै सत्ता चलाउदा खान पिन नमिलेर  चिसो लाग्ने भएकाले  सत्ता–गठबन्धनको  अँगालोमा बाँधिदा  बढने रापले ‘कानूनका मानिशहरुको राजमा हरेक कुरा  सम्भव छ ’ भनेर श्री श्री परमहंस योगानन्दज्यूले आफ्नो ‘योगीको आत्मकथा’ पुस्तकमा भन्नु भएको सम्झना भएपछि र “कठ्याङ्ग्रिदो यो जाडोमा घाम खोजिरहेछु,एकमानो जोहो गर्न–काम खोजिरहेछु !” भनेर साहित्य लेखक नवराज पौडेलले माघ ०५ बि.सं.२०८० मा गजल आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएपछि मलाई पनि बेकामे बस्न मन लागेन र यो गन्थन तयार गरेँ । 

अध्ययन अनुसन्धान खोजमा लाग्नु भएका लेखक प्रशान्त द्विवेदीले ०६ जनवरी ई.सं.२०२४ मा आफ्नो सामाजिक सञ्जालमा ‘आज का पञ्च’ शीर्षक दिएर भारतको कुहीरोले ढाकेको शीत लहरले सिर्जना गरेको लग लग कमाउने जाडोको बारेमा अवधी भाषाको एक भनाइ–“लड्किन के लग जाइत नाय,जवानी है मोर भाई । औ बुढ्वन का हम छोड्ति नाय,चाहे ओढैँ रजाई ।।(केटाहरुको नजिक म जान्न,र जवानसँग मेरो दाजुको नाता छ । तर, बूढहरुलाई भने म जतिवटा सीरक ओढे पनि छोडदिन)’साझा गर्नु भएपछि सोही दिन भारत कै पीङ्की दुबेले ‘ऐसा मेरी माई कहती हैँ’ भन्दै भोजपुरी भाषामा–“लइकन के छु अब ना,जवनका लगे मोर भाई,बुढवन के छोड्ब ना केतनोँ ओढ्हिेँ रजाई ”भन्छन रे भनेर टिप्पणी गर्नु भए पछि मलाई पनि “केटाकेटीको जाडो बोकाले खान्छ”,आगो ताप्नु मुढाको,कुरा सुन्न बुढाको” भन्ने मुढाको झरिलो आगो तथा बुढाका गहकिला कुराहरुको भाव भएको सामाजिक कहावत समेतको सम्झना भयो । 

जाडोमा खेतमा धान झुलेको,सरस्वती पूजा, खेतमा दाईमा परालमाथी गुन्टी खेल्न पाइने,लुगाहरु पनि गहकिला लाउन पाइने भएकाले केटाकेटी तथा जवानलाई जाडो नै मनपर्छ ।

 

चैत्रमा विराटनगर जाँदा चैत्रमा के जाडो होला भनेर गर्मीका लुगाफाटो लिएर गएको त जाडोले भारतको जोगवनी गएर ओढने किन्न बाध्य बनाएको अझ गजव को सन्दर्भमा “तराइमा त चैत्रमा गोरु बेचेर सिरक किन्छन” भन्ने बुढा पाकाको भनाई समेत प्रत्यक्ष सुन्ने मौका पाइयो । 

तथापी “जाडो भयो जडुनी आगो देउन थपिनी, थपीनीका छोरा छोरी अन्न न पानी बुढो गोरु म¥यो खुट्टा तानी तानी”भनेर केटाकेटीमा सिन्धुली घोकशिलाको ठूली पोखरीमा खेल्दा साथीहरुले भनेको कुराको अर्थचाहिँ अझैँ बुझ्न सकेको छुईनँ। 

जाडोमा केराऊको कोशा कति मिठो लाग्छ । भारतका साहित्य लेखक,प्रकाशक अमित तिवारीजीले ११ जनवरी ई.सं.२०२४ मा केराऊको कोशा छोडाऊदै गर्दा हामी सबैको लागि ’ भनेर एक बिशेष कविता लेखेर आफ्नो
सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो– “कहिले काँहि यसै पनि पोज दिने गरेको छु...,ताकि फेशबूकको लागि फोटो खिचौँ भनेर...। पुराना साथीहरू जब पुराना हुन्छन...,आउदैनन उनीहरु कमेन्ट गर्न । खाना साना त बस यसै पनि खाईहाल्छु...,सोशल मिडिया नै पर्याप्त हुन्छ पेट भर्नको लागि...। लेनदेनको प्रश्न

त यहाँ पनि छ...,नत्र यार यहाँ कहाँ पाइन्छन पिउनको लागि...। लाइक साइक कशले गनी रहन्छ यहाँ...,अब गिन्ति हुन्छ मनको,मन दिनको लागि...। लाईकको नीलो रङ्गमा अब स्वाद कहाँ छ र अमित...,हार्ट इमोजीको रातो नै बग्छ नशाहरुमा बाँच्नको लागि...।” 

सचेत भारतीय नागरिक एबं साहित्य लेखिका डा.आभा दुबेले भारतको मध्यप्रदेश राज्यको संस्कारधानी मानीने जबलपुर शहर “सूर्यको अनुपस्थिति,... बादलहरुको ओहोर दोहोर,....चिशो सिरेटो,पानी पर्ला पर्ला जस्तो ,... यस्तै छ जबलपुरको हुदहुदाती–चक चके बिहान । ..विशेष केटाकेटीलाई जाडो लाग्दैन”भनेर ०८ जनवरी ई.सं. २०२४ मा आफ्नो सामाजिक सञ्जालको भित्तामा भावनाहरु पोख्नु भएको थियो  ।

जलबायु परिवर्तनले जाडोका परिभाषा बदलेको छ । विषादी सहित अनेकौँ प्रदुषणले जनजीवनमात्रै हैन प्रकृति नै तहशनहश हुन थालेको छ । भारतका साहित्य लेखक भानु प्रकाश रघुवंशीजीले ‘बाबूजी,समय बदल गया है’ शीर्षकमा ९ मार्च ईं.सं.२०२४ मा लेख्नु भएर साझा गर्नु भएको निम्न कविताकोसम्झना हुन्छ–  

“जव गम्भीर विषयमा कुरा गर्न शुरु गर्छु, कुनै नौजवान हाँस्दै भन्छन–‘बाबूजी,समय बदलीएको छ ।’ सोच्छु 
के साँच्चिकै समय बदलीएको हो त,या बदलीएका हुन मान्छेहरु,या खान–पान,या वातावरण,या रुख विरुवा,या सम्पूर्ण प्रकृति नै बदलीएको हो की । माटोबाट पहिलेको जस्तो मीठो सुगन्धीत गन्ध आउँदैन,जुन पहिलो पटक हुने बर्षाबाट निरन्तर प्रवाहित हुन्थ्यो,अनि सम्पूर्ण प्रकृतिलाई गराउने गरी उन्मत्त,जसले गथ्र्यो कोशीकाहरुको निर्माण र मरम्मत,गर्मीले शरीरलाई भरीदिन्थ्यो,अन्नमा कहाँ बचेको छ र अव ती पोषक तत्व ।

मृत शरीर सड्ने गल्ने काममा सहभागी,त्यो जीव जुन माँशपेशी–हाडहरुको भित्री पत्रको भारीबाट हलुङ्गो,गर्छ अस्थीपञ्जरलाई, र अरुको विष्टा–दिशा खाने (मलभक्षण) किरा फट्यागं्रा र बैक्टीरिया पनि आखिर मर्छन किन सिनो या मलभक्षण गरेपछि पनि,के साँच्ची कै भोजन भै सकेको हो त यती विषाक्त ? तपाईलाई त सम्झना पनि छैन होला की,कहिले कुन फल खाएर बिरामी भएको,कुन हरियो साग खाएर रातभरी उल्टी भएको,डाक्टरी सल्लाह पछि कालो मुङ्गको दाल र दलिया खाँदाखेरी जीउभरी ठाऊँ ठाऊँमा डावर निस्केको,अहिलेपनि त्यसको डाम–सङ्केत छ,कमलो शरीरका अङ्गहरुमा । उपचारपछि पनि बच्न सकेनन्,बिरामी पशुहरु खाएर नै त मरे,कति कुकुृर र कागहरु,सिद्धिए गिद्धहरुको सवै प्रजाति,के ती सबै जरूरी गुणहरु रहित हुँदै गइरहेको छ त पृथ्वी,जुन बिना चन्द्रमा र मङ्गल ग्रहमा,बश्ने अनुभूति हुन्छ हामीलाई,यही धरतीमा बशेर ? 

यो कश्तो विषादी हो,जुन नशा नशामा दौडिन्छ रगतलाई साथमा लिएर, र मान्छे मर्दछ विस्तारै विस्तारै,कशले प्रदान गरेको होला यती सहज मृत्यु,की छातिको पीँडा अस्पतालको भ्यालबाट समेत बाहिर नजाने गरी,र बाहिर गएछ भनेपनि परिवार–आफन्तहरुको हातमा हुन्छ हाम्रो मृत्यु प्रमाण पत्र । के आफ्नै हातबाट विष खान अभिशप्त छौँ हामीहरु ? जव मलाई मेरो कुरा पुरा नहुँदै बिचमा कुनै नौजवान हाँस्दै भन्छन–‘बाबूजी,समय बदलीएको छ ,तब सोच्न बाध्य हुन्छु,की समय बदलीएको हो या बदलदिएको हो सबै प्रकृति नै ।” 

भारतको पुष–माघकों शीत लहरमा अर्थ शास्त्री–लेखक डा अमिताभ शुक्ललाई ११ जनवरी ई.सं.२०२२ मा कविता लेख्न मन लागेपछि–“आज कुहीरो बाक्लो छ । त्यसैले खिन्नता पनि धेरै नै छ । कोही पनि छैनन् साथमा । सम्झना र एक्लोपनको अलावा ।  कोलाहल र हल्लाखल्ला । बन्द कोठाको भित्रसम्म सुनीन्छ,यो हल्लाखल्ला र सम्झना पनि । यो हल्लाखल्ला र सम्झनाले अरु खिन्नता बढाउँछन । र हल्लाखल्ला उफ्फ ! यसैले त सबभन्दा बढी ब्याकूल बनाऊँछ ।  र लस्कर सम्झनाका कहिले कहाँ रोकीदो रहेछ र ...?”भनेर कविता फुर्याई पो हाल्नु भएछ । 

मौसम एवं जलवायु का महाकवि घाघको एउटा गजब भनाइ छ–“धनु के पन्द्रह,मकर पच्चीस,चिल्ला जाडा दिन चालीस–जब सूर्य धनु राशिमा पन्द्रह दिन र मकर राशिमा पच्चीस दिन रहन्छन त दुबै मिलाएर हुने ४० दिन धेरै नै जाडो हुन्छ ।” “जैसी परी सो सहि रहे,कह रहीम यह देह । धरती पर ही परत है,सीत घाम अरु मेह“(रहीम)।।   

जब जाडोको आतङ्क त्यस माथि शीत लहर शुरु हुन्छ, कुहीरोको ओढनेले गगनलाई ढाक्छ–मुटु डगडग काम्छ । यस्तो बेला घर नभएका–गरीब–निम्न बर्ग कशरी गुजारा गर्छन होला भन्ने विलियम शेक्सपेयरको बुढो बादशाह लियरलाई पहिलो पटक अरुको बारेमा अनुभूति आए जस्तै गरि सम्झदा पनि यो जीवनले कति त्रासदी भोग्नु पर्ने रहेछ भन्ने अनुभूति गरेर भारतीय सचेत नागरिक पूर्व प्रो.राणा सिंहज्यूले ०७ जनवरी ई.सं.२०२४ मा शेक्सपेयरको सृजना किङ्ग लिएरको अंश साझा गर्नु भएको थियो–“ निर्धन नाङ्गो गरीब,जहाँ भए पनि,यो निर्मम आँधीको धक्का खेपिरहेको,अन्न–हीन ठुलो आन्द्रो,छत नभएको खुला आकाशमुनी,धुजा–धुजा भएको थोत्रो लुगाले,कशरी जीउको रक्षा गर्ला र खै,यस्तो क्रूर मौसमहरुबाट–।।।.४.२८–३२ ? ओहो कहिले पनि मैले सोचीन यस्तो ! तामझाममा बाँच्नेहरू,स्वयंले अनुभूति गर्नुहोस की दुख भनेको केहो भनेर,ताकि तपाईले प्रदान गर्न सक्नुहोस आफ्ना अनाबश्यक बस्तुहरु,जसबाट ईश्वर पहिलेको भन्दा केही बढी नै न्याय गर्ने रूपमा देखिनु हुनेछ–।।।.४.३२–३६”( प्रो.राणा सिंहज्यूले हिन्दीमा गर्नु भएको अनुबाद अति जटिल शब्द भएपनि मैले अली अली अंग्रेजी बुझेर,भाव नबिगारी नेपालीमा अनुबाद गरेको) ।

शेक्शपियरको उपरोक्त सिर्जना पढ्दा–एक पटक एउटा अरबपतिले बाहिर सडकमा जाडोले लुग लुग कामीरहेको बुढोलाई ‘ल म घर गएर तिमिलाई कोट ल्याईदिन्छ’ भनेर घर गएपछि बिर्सेछन । जब बिहान भयो त्यो बुढोलाई सम्झेर हत्तपत्त पेग्दा त बुढोले जाडोको कारण देह त्याग गरिसकेका रहेछन् ।तर–‘जब मसँग कुनै जाडोमा लाउने कपडा थिएन त मसँग जाडोसित लड्न सक्ने मानसिक शक्ति थियो । तर,जब तपाइँले मलाई मेरो मद्धत गर्ने बाचा गर्नुभयो तव म पनि तपाईँको बाचासित गाँसिन पुगेँ जसको कारण मेरो मानसिक शक्तिलाई समेत नष्ट गरिदियो’भनेर एउटा चिट्ठी लेखेर छोडिदिएका रहेछन् भन्ने कथाको समेत सम्झना भयो ।  हाम्रा देशका संसदबादी नेताहरुले अनेक बाचा गरेर जनतालाई मर्दै मर्दै बाँच्न बाध्य बनाएका छन् । 

र अन्त्यमा, जनताको रगत जतिसुकै जाडो भएपनि हिउँमा बदली हालेका छैनन् अझै भन्दै जनताहरु आवश्यक परेमा धुनी बालेर रगत तताएर खवरदारी गर्नेछन् भन्ने आशय ब्यक्त गर्दै एउटा कविता प्रश्तुत गर्दछु–  
“यसपालीको जाडो हाडको समेत काम छुट्ने,रगत पनि जमाउने खालको । आज बिहान देखि नै भै रहेको छ बर्षा कुहीरोको, रूँदै छ अम्बर । घामको मुखपानी देख्न पाइएको छैन कति दिन देखि, भुवादार कम्बलको भित्र गुटमूटीएको होला । राम्रो अवशर हो आराम गर्ने,यस्तो बेला पनि केही मानिसहरु निस्केका छन चौक चौरी चौतारा तीर,गल्लीहरुमा गुइठा–पराल–दाऊरा–झीक्रा–झारपातको धुनि जगाउन अर्थात घूर ताप्न,सूर्यले समेत साथ नदीएको यस्तो खराव मौसमको बेलामा घुर–धुनिले रोकी  रहेको छ,रगतलाई हिऊँमा परिणत हुनबाट”(डा.चन्द्रेश्वर,२०२४ । ऐसे मेँ कउड़ा । जनमोर्चा । भारत । ०८ जनवरी ई.सं. २०२४) ।

(छविचित्र श्रेय : डा.आभा दुबे,भारत–केटाकेटीलाई जाडो लाग्दैन–सामाजिक सञ्जालबाट,८ जनवरी ई.सं.२०२४ । चैत्रमा विराटनगर लगायत अरु बाँकी सबै लेखक स्वयंबाट) । 

टिप्पणीहरू