मानव अधिकार प्रतिवेदन पुग्याे शीतल निवास
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले आज शीतल निवास पुगेर प्रतिवेदन बुझाएको हो ।
संविधानको धारा २९४ बमोजिम आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू