पूर्व युवराज बसेकै ठाउँमा शोभामाथि पिटपाट

पूर्व युवराज बसेकै ठाउँमा शोभामाथि पिटपाट

नेकपा एमालेमा ‘भुसको आगो’झैँ सल्किरहेको छ, महेश बस्नेत–शोभा(जानुका) पाठक काण्ड । पार्टीका युवा फाँट इञ्चार्ज पार्टीकै बदनाम हुने गरी यौन काण्डमा मुछिएकोबारे अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेल, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु रिमाललगायत शीर्षस्थ नेतृत्व यस विषयमा भलिभाँती जानकार छ । तर, ती नेता परस्त्रीसँग जोडिएको यत्रो काण्ड बजारमा छरपष्ट हुँदा पनि सारा नेता मौन छन् । 

‘बा’ ले त्यसो भन्दा शोभा बेचैन’ शीर्षकमा जनआस्थाले समाचार प्रकाशन गरेपछि चारचोटी बिबाह गरेकी धादिङकी शोभा पाठकसँग ४–५ वर्षदेखि महेशको अन्तरंग सम्बन्ध रहेको विषय बाहिर आएसँगै एमालेका कार्यकर्ता उनीमाथि कारवाही हुनुपर्ने पक्षमा थिए । तर, थप प्रमाण बाहिर आउन नदिन महेशले युवा संघका कार्यकर्ता लगाएर शोभामाथि आक्रमण गरेपछि यो काण्ड प्रहरीसम्म पुगेको छ । 

फागुन ८ गते बबरमहल नजिकै बिजुलीबजार को सनराइज सिटीहोम्स अपार्टमेन्टमा पसेर एकाबिहानै महेशको टोलीले शोभामाथि आक्रमण गरेको रिपोर्ट एमाले केन्द्रीय कार्यालयमा पुगिसकेको छ । एघार वर्षदेखि सोही अपार्टमेन्टमा बस्दै आएका पर्साका एमाले सांसद राजकुमार गुप्ताको हवाला दिँदै पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारी र स्टाफ चन्द्रदेव पासवानले पार्टी नेतृत्वलाई त्यस दिनको रामकहानी सविस्तार सुनाइसकेको बताइन्छ ।  

अपार्टमेन्टको छैटौँ तलामा बस्दै आएकी छन्, शोभा । मासिक ७० हजार रुपैयाँ भाडा तिर्ने गरी तीन महिनाअगाडि त्यहाँ सरेकी हुन् । आम्दानीको स्रोत केही नभएकी शोभाको मासिक कोठाभाडा महेशले तिर्ने गरेको रिपोर्ट पनि एमाले अध्यक्षसम्म पुगिसकेको छ । सोही अपार्टमेन्टमा बस्नेहरुले महेश एकाबिहानै आँखा मिच्दै अपार्टमेन्टमा छिर्ने गरेको धेरैपटक देखेका छन् । घटना भएको दिन पनि ‘ढोका खुल्लै राख, म आउँदै छु’ भनेर महेशले फोन गरेको शोभाले सार्वजनिक रुपमै बताइसकेकी छन् । तर, महेश होइन, अरु दुई जना केटाले आफूमाथि आक्रमण गरेर भागेको र तिनीहरु युवासंघका कार्यकर्ता रहेको शोभाले पार्टी कार्यालयले दर्ता गर्न नमानेको उजुरीमा उल्लेख गरेकी छन् । 

व्यापारी सुमित अग्रवालको लगानी रहेको अपार्टमेन्ट हो त्यो । निर्भय प्रसाईं त्यहाँका व्यवस्थापन अध्यक्ष छन् । ०७० सालमा निर्वाचित भएदेखि त्यहीँ बस्दै आएका छन्, एमाले सांसद गुप्ता । अपार्टमेन्टको सातौँ तलामा पूर्व युवराज पारस, तेस्रो तलामा दुर्गा प्रसाईंको अभियानमा हिंडेकी पूर्व कांग्रेसकी ट्रेड युनियन नेत्री रिता खनालहरू बस्दै आएका छन् । त्यही दिन एमाले पार्टीको केन्द्रीय कमिटी बैठक थियो, ११ बजे । शोभामाथि हातपात भएको बिहान साढे १० बजेतिर हो । जब अपार्टमेन्टमा रुवावासी चल्यो झ्यापझुप मान्छे जम्मा भए । र, घाइते शोभालाई उपचारका लागि अस्पताल लैजान खोज्दा १५÷२० जना युवाको जत्थाले गुप्तालाई धम्क्याएको बताइएको छ । 

प्रत्यक्षदर्शीका अनुसार  घटनापछि शोभाको नाकबाट रगत निस्किरहेको थियो । उनी नाइट गाउनमा थिइन्, र, भित्री बस्त्र हतार हतारमा उल्टो लगाएको अवस्था थियो । आक्रमण गर्न आएका भनिएका युवा साढे ८ बजे शोभाको रुममा पसेर अढाई घण्टासम्म के गर्दै थिए ? आक्रमणबाट आफू घाइते भएको र मोबाइल खोसेर लगेकाले त्यसमा भएका फोटोलगायत सारा विवरण र प्रमाण नष्ट गरिएको शोभाको भनाइ छ । बानेश्वर प्रहरीमा उनले हुलियासहितको लिखित उजुरी हालेकी छन् । सिसिटिभी फुटेज हेरेको खण्डमा ‘दूधको दूध पानीको पानी’ हुन्थ्यो तर, अपार्टमेन्टका अध्यक्ष प्रसाईं महेशको पुरानो साथी भएकाले सिसिटिभी नै गायब बनाइएको अवस्थाले प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गर्ने देखिंदैन ।

पार्टीका नेताको अगुवाइमा दिनदहाडै एक महिलामाथि हातपात भएको यो घटनाले एमाले छवि बिग्रिएको कार्यकर्ता पंक्तिको गुनासो सुनिन्छ । कांग्रेस, राप्रपाजस्ता पार्टीमा समेत अचेल यस्ता काण्ड सुनिन छाडेको छ । यस्ता नेतालाई बोकेर पार्टी कहाँ पुग्छ ? त्यसमाथि ऐन महरलाई कारबाही हुने, अनि अध्यक्षलाई रिझाएर राजनीतिमा फड्को मारेका यिनलाई किन कारवाही नहुने ? भन्ने प्रश्न उठाउनेहरु नै ‘दोस्रो भीम रावल’ बनिने डरले बोल्ने आँट गर्न सक्दैनन् ।
 

टिप्पणीहरू