खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु

झापामा दुई वर्षीय बालकको पानीमा डुबेर ज्यान गएको छ । झापा गाउँपालिका–१ बस्ने अनिल रामका छोरा दुई वर्षीय आयुषको डुबेर निधन भएको हो । 

आज बिहान बाह्रदशी गाउँपालिका–३ राधानगरस्थित आफ्रनै मामाको घर अगाडि खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा उनी गम्भीर अवस्थामा पुगेका थिए । लगत्तै बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू