टेकूमा आगलागी, पूर्णरुपमा जलेको एउटा शव फेला

टेकूमा आगलागी, पूर्णरुपमा जलेको एउटा शव फेला

टेकूको व्रम्हटोलमा आज बिहान भएको आगलागीमा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेको समयमा रत्नेश्वरी डंगोलको घरमा आगो लागेको बताइएको छ ।

एक तल्ले घरमा लागेको आगो निभाउन काठमाडौं र ललितपुरका तीन वटा दमकललाई झण्डै एक घण्टा लागेको थियो । 

बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ । बिहानीपख घर सफा गर्ने क्रममा पूर्णरुपमा शरीर जलेको एउटा शव फेला परेको हो ।
 

टिप्पणीहरू